हाम्रो बारेमा

Nepal List एक सामुदियिक website हो जसले दैनिक प्रयोजन सम्वन्धित ब्यवहारीक जानकारी, समानहरु किनबेच, कुशल प्रबिधिक तथा बिविध सेवाहरुको जानकारी समेट्ने गर्छ । दक्ष प्राभिधिक, बिक्रेताहरु, आवेदकहरुले यो website को मार्फत अतिरिक्त खर्च बिनानै सार्बजनिक अवसर प्राप्त गर्न सक्दछन ।

दक्ष कार्य सम्पादका लागी हाल नेपालमा पारम्परिक प्रचलन अनुसार आफन्त, साथि-भाइ तथा छर-छिमेकको मद्धत ले  बिजुलीको काम गर्ने, धारापाइपको काम गर्ने तथा काठ फर्निचरको कामगर्ने प्रविधिक खोज्ने गरिन्छ । अर्को तर्फ ती प्रविधिकहरुको लागि पनि काम पाउनको लागि तेस्तो कुनै बिश्वस्त सञ्जाल नभएको अवस्था छ । यस्तो परिदृश्यमा, Nepal List ले आफ्नो प्रयोगकार्ताहरुलाइ तोकिएको कुनैपनि अवसर प्राप्त गर्ने एउटा साझा मञ्च प्रदान गरेको छ । जहाँ प्रयोगकार्ताको ब्यक्तिगत अथावा संस्थागत जानकारी र सम्पर्क विवरणका साथै माग र आपुर्तिको श्रृङखलावद्ध ब्यवस्थापन गरिएको छ । Nepal List प्रयोगकार्ता को रुपमा दक्ष प्राविधिकले सम्भावित ग्राहकहरुको निरन्तर जानकारी प्राप्त गरिरहेको हुन्छ भने सेवा वा बस्तु आवश्यक हुनेहरुले ब्यक्तिगत सञ्जालको प्रयोगको झन्झटिलो प्रकृया बिनानै इच्छा अनुरुपको सेवा वा बस्तु प्राप्त गर्न सक्दछ ।

Nepal List मा निशुल्क रजिष्ट्रेशन गरी प्रयोगकार्ताले आफ्नो बर्गीकृत बिज्ञापन अथा अन्य जानकारी Nepal List मा सम्प्रेशण गर्न सक्दछ भने website visitor हरुले रजिष्ट्रेशन बिनानै सम्प्रेशित सामाग्रीहरु अवलोकन गर्न सक्दछ ।